Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपाले गृह नछाड्ने,  ४ मन्त्रालयमा दाबी

काठमाडौं । पुराना दलको हैसियत सकिएको भन्दै ०८४ सालमा सत्ता कब्जा गर्ने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहसहित ४ मन्त्रालयमा दाबी गरेको छ । नयाँ सत्ता साझेदार दल रास्वपाले गृह, शिक्षा, श्रम र उर्जामन्त्रालयमा दाबी गरेको हो । उच्च स्रोतका अनुसार गृहमा रबि लामिछाने, उर्जा मन्त्रालयमा स्वर्णिम वाग्ले , श्रम मन्त्रालयमा डोलप्रसाद अर्याल डिपी र शिक्षामा शिशिर खनाल पठाउने योजना छ । गृह मन्त्रालय नछोड्ने रास्वपाको अडान छ । उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने जनाइएको छ । यस्तै सुमना श्रेष्ठलाई पनि शिक्षामै पठाउने हो कि भन्नेबारेमा छलफल भइरहेको छ । मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धन दलहरूको बैठक आज दिउँसो ३ बजे बस्दैछ । सोमबार नयाँ गठबन्धनसहित विस्तार भएको मन्त्रिपरिषद्मा रास्वपाबाट डिपी अर्याल मन्त्री बनिसकेका छने । मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन । अर्याल, लामिछाने र खनाल यसअगाडि पनि मन्त्री भइसकेका छ्न् ।


सम्बन्धित समाचार

इलामको पराजयले काठमाडौंमा पहिरो

२०८१ बैशाख २५

ताजा नेपाल

श्री समाजमा प्याकुरेलको टिम

२०८१ बैशाख २५

ताजा नेपाल

गठवन्धन फुटाउन अनेक तानाबाना

२०८१ बैशाख २५

ताजा नेपाल