Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लाज पचेका कम्युनिष्ट नेपालमा

काठमाडौं । दलहरू लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण गर्न असफल भएका छन् । हिजो राजाका सेवक हुने र नहुनेकाबीचमा कुनै कुरामा अन्तर छैन । सत्तापक्ष र कुर्सी प्राथमिकतामा राखेर जनताको नाममा भ्रष्टाचारी बन्न नेता जसरी लागेका छन् यिनको सम्मान गर्ने ठाउँ छैन । केही आफ्ना भ्रष्ट प्रवृत्तिको कसैले विरोध गर्दा व्यवस्थामाथि कै आक्रमण ठान्छन् त कोही आफू मात्र सबै विषयका विज्ञ सम्झन्छन् । पद र कुर्सी यिनको मुल प्राथमिकतामा पर्छ । जनता जनार्दन यिनका दाश बन्नुपर्ने कार्यकर्ताले दलाली गरेर राज्यका पद हात पार्ने लोकतन्त्र नै आजको परिवर्तन भएको छ । काँग्रेसको नेतृत्व जनमुखी बन्दैन । तर कम्युनिष्टका राजा श्री ३ केपी ओली आफ्ना गल्ती सम्झदैनन् ।
प्रगतिशिल सिद्धान्तका नायकहरू ठेकेदारी प्रथाका कुशल प्रशिक्षक भएका छन् । ४१ महिने एकलौटी हैकममा बेला पनि बजार यस्तै थियो, आज पनि उस्तै छ । कुरा तीनकै ठूला छन् । जसले नीतिगत भ्रष्टाचारमा प्रथम डिग्री हासिल ग¥यो, उसैले भन्छ एमाले विना देशको विकास सम्भव छैन । केपीले ४१ महिनामा कहाँ कति विकास गरेछन् ? निर्माण पूरा नभएको धरहरामा शिलालेख टाँसेर भैंसेपाटीमा भुत बंगला बनाएर विकास हुन्थ्यो भने गोदावरीको सीटी हल गुणस्तरहिन हुँदाहुँदै जिम्मा लिएर अहिले मर्मत गर्नुपर्ने बाध्यता पनि आउने थिएन । त्यो नै एमालेको समृद्धि र विकास हो । प्रदेशलाई अधिकार नदिने प्रदेश प्रेमी भएको दाबी गर्नेहरूबाट मुलुक कसरी डुबेको छ ? एनसेल प्रकरण खानी विभागको चुनढुंगा खानी गोलमाल, विद्युत महसुल प्रकरण आजका हुन् ? एमाले यो देशको प्रत्येक भ्रष्टाचारमा सहभागी छ । नक्कली भुटानी शरणार्थी प्रकरण उसकै उपज हो ।
एमालेका कुनै नेताले फुर्ती नलगाए हुन्छ । ललिता निवास प्रकरणमा सहभागी उपाध्यक्ष विष्णु पौडेलको विगत रुपन्देहीको सुकुम्बासी होइन ? देश नलुटी केपी ओलीको भक्तपुरमा हवेली कसरी बने ? किन थपियो थासेर्कुको ५ वर्ष म्याद बाँकी छँदै गोकर्ण रिसोर्टको म्याद ३० वर्ष ? धर्मशालामा बतास समूह प्रवेश गराएर नेपाल ट्रष्टको नारायणहिटीमा भट्टी पसल चलाउन दिने को हो ? भएको कम्युनिष्ट एकता आफू भत्काउने अरुलाई खिस्याउने ओलीको क्षमता हो । यही कारण अझै पनि वाम एकताको बाधक केपी ओली बन्दैछन् । केपी ओली भनेको नेपाली राजनीतिको घातक बृक्ष हुन् । होला उनको चाकडी गर्नेले पद पाउलान् मन्त्री बन्लान् तर देशका निम्ति उनले घात गरेका छन् । कोरोना काल जनतालाई के खाउ, के लाउँ हुँदा केपीकै टिम ओम्नी र हुकामको नाममा देश लुट्दै थियो । यसरी देश कंगाल ब नाउनेहरूले विकास एमालेले मात्र गर्छ अरुले गर्दैनन् भनेर ध्वास लगाउनै पर्दैन । राष्ट्रवादको वर्को ओडेर चुच्चे नक्सा समेटेको पुस्तक टम्पिङ गर्ने को हो ? आफू बाहेक अरुले केही गर्दैनन् भन्ने ओलीले जस्तो ५ करोडको काम १५ करोडमा कसैले गर्दैन । समृद्धि र विकास एमालेको त्यही हो ? कम्युनिष्ट त्यो पनि नेपालका । जसले बाद र सिद्धान्तका कुरा चर्का गर्छन्, जनताको जीवनस्तरलाई उठाउन सिन्को भाँच्दैनन् । भन्छन् कम्युनिष्ट अर्थतन्त्र काँग्रेसी अर्थतन्त्र बोक्नेहरूलाई नेपालमा प्रगतिशिल कर लागू गर्न कसले दिएन ? लाज पचेपछि जे भने पनि हुन्छ । एउटा असफल पात्र सधैं अर्काको विरोध गर्छ । आफू बाहेक पार्टीमा अरु छैनन् भने जस्तै गर्छ । १८ दिने यात्रामा एमाले अध्यक्ष ओलीले देखाएको व्यवहार हो यो । त्यहाँ ओलीको टिमभित्रै विष्णु पौडेल र शंकर पोखरेल मिलेनन् । लुम्बिनी प्रदेशको हकमा विष्णु र शंकर, गण्डकीमा खगराज र पृथ्वीबीचको टक्कर भए जस्तै सुदूरपश्चिममा पनि लेखराज र कर्ण थापाकोबीचमा जुधाई छ । कोशी प्रदेशमा त्यस्तै, मधेश प्रदेशमा रघुवीरलाई मान्ने पुरुषोत्तम पौडेलहरू छन् ।
एमालेमा केपीलाई बा, राधिकालाई आमा भनेर फाइदा लिने गोकुल र महेशका बीचमै टक्कर छ । आफू बाहेक अरुको अवस्था राजनीतिलाई चासो पनि नदिने प्रवृत्तिमा केपी छन् । १८ दिने यात्रामा जहाँ जे भाषण भए पनि त्यो भाषण केपी ओली मात्र ठिक ओली मात्र देशभक्त, राष्ट्रप्रेमी, अरु नालयाक, भ्रष्ट भन्नेमै केन्द्रीत भयो । उपाध्यक्षको त्यहाँ लस्कर छ । अध्यक्षपछिका वरिष्ठ उपाध्यक्ष भ्रष्ट शिरोमणि ईश्वर पोखरेल छन् । मञ्च पाएपछि नछाड्ने वानी केपीमा छ । उनले त्यो कुराको प्रमण संसदमा अर्थहित २ घण्टाको भाषणले नै पुष्टि गराएकै छन् । उनका भनाइमा जनताको जीवन जोडिँदैन । कालो बजार र भ्रष्टाचार जोडिँदैन । जबकि आफ्नो ४१ महिने शासनमा पनि लुट्ने बाहेक केपीको प्रगति अरु थिएन । एमाले बन्न पाएर पदाधिकारीमा पु¥याइएकाहरूले दोहोरो संवजाद गर्न सक्ने ठाउँ त्यहाँ छैन । भीम रावल र घनश्याम भुसाल बन्न कोही चाहँदैनन् ।


सम्बन्धित समाचार

बजारको महंगी भान्सेलाई सोध

२०८० चैत्र २९

ताजा नेपाल

माधव बन्दैछन् काँग्रेसको हतियार

२०८० चैत्र २८

ताजा नेपाल