Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वसन्तपुरमा होलीको चहलपहल सुरू

काठमाडौं । वसन्तपुरमा होलीको चहलपहल सुरु भएको छ । आइतबार नेपालको हिमाली र पहाडी जिल्लाहरुमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । आज उपत्यकासहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन सुरू भएको छ ।

वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ । एक अर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर होली मनाउने गरिन्छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ ।

असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ ।


सम्बन्धित समाचार

बजारको महंगी भान्सेलाई सोध

२०८० चैत्र २९

ताजा नेपाल

माधव बन्दैछन् काँग्रेसको हतियार

२०८० चैत्र २८

ताजा नेपाल