Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वामपन्थी एकताको लक्ष्य चुम्न आग्रह

काठमाडौं । मुलुकले वामपन्थी एकता चाहिरहे पनि पार्टीहरुको जुँगाको लडाइँले त्यो सम्भव नभएका बेला प्रधानमन्त्री एवं नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुनसमेत अपील गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको बताएका छन् । नेपालमा २००६ वैशाख १० गतेका दिन श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थापना भएको थियो । प्रधानमन्त्री प्रचण्डले विचारधारात्मक संघर्ष एवं एकता र विभाजनका अनेकौँ अनुभवले एकातर्फ समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गरिरहेको र अर्कातर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र संकल्पलाई सार्थक तुल्याउने बताए । उनले भनेका छन्, तसर्थ, आजको दिन विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबीच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न सङ्कल्प गर्ने दिन पनि हो । प्रधानमन्त्री प्रचण्डले कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूको साझा संकल्प, सहकार्य र एकताको आधारमा मात्रै देशका चुनौतीलाई सम्बोधन गर्न सकिने निष्कर्षका साथ सत्ता सहयात्रा सुरु गरिएको बताउँदै भनेका छन्, सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पुर्‍याउनु हामी सबैको साझा जिम्मेवारी हो ।

 


सम्बन्धित समाचार

इलामको पराजयले काठमाडौंमा पहिरो

२०८१ बैशाख २५

ताजा नेपाल

श्री समाजमा प्याकुरेलको टिम

२०८१ बैशाख २५

ताजा नेपाल

गठवन्धन फुटाउन अनेक तानाबाना

२०८१ बैशाख २५

ताजा नेपाल