Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विवादित डीआईजीलाई पुरस्कार ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डीआईजी हुँदा भिजिट भिसा प्रकरणमा विवादमा परेका डीआईजी अर्जुन चन्द ठकुरीलाई गृहमन्त्री रवि लामिछानेले गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिन लागेका छन् । कमजोर कमाण्डका कारण चन्द बारम्बार विवादमा आइरहने प्रहरी अधिकृतमा पर्दछन् । डीआईजी बिकासराज खनाल बैशाख ६ गते ५६ बर्षे उमेरहदले अवकाश भएपछि गण्डकी प्रदेशको प्रहरी प्रमुख पद रिक्त छ । रिक्त पदमा चन्द जस्ता कमाण्ड कन्ट्रोलमा असफल डीआईजीलाई पठाउन लागिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको डीआईजी हुँदा भिजिट भिसामा अध्यागमनका कर्मचारीसँग भाग खोजेपछि उनी विवादमा परेका थिए । बिमानस्थलमा कार्यरत हुँदा समन्वय अभाव देखिएपछि उनी विवादमा परेका थिए । भिजिट भिसामा भाग खोज्दा नपाएपछि अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटपिट गरेपछि डीआईजी चन्द विवादमा परेका थिए । उनले गएको माघ १९ मा राजीनामा नै दिए पनि अस्वीकृत भएको थियो । अहिले तिनै चन्दलाई गृहमन्त्री लामिछानेले गण्डकी प्रदेशको कमाण्डरमा पठाउन लागेका हुन् । २०५२ सालमा प्रहरी निरीक्षकमा भर्ना भएदेखि नै उनी कमजोर कमाण्ड क्षमताका कारण विवादमा पर्दैआएका छन् । डीएसपी हुँदा संचार उद्यमी जमिम शाह हत्यामा संलग्न भारतीय अपराधीसँग उनको सम्बन्ध देखिएको थियो । उनीसँगै गणेश चन्द, सुरेन्द्र सिंह लगायत प्रहरीसँग हत्याका योजनाकार भारतीयको कनेक्सन देखिएको थियो । पूर्वडिएसपी जगदीश चन्द त गिरोहमै सामेल भएको पुष्टि भएपछि कारबाहीमा परे । त्यो घटनामा अर्जुन चन्दमाथि छानबिन भयो तर त्यसबेला प्रहरी नेतृत्वमा भेगीय हिसाबले उनकै भूगोलका भएकाले उनले उन्मुक्ति पाएका थिए । एसपी भएपछि चन्द कैलालीमा बसे । त्यहाँ पनि बारम्बार विवादमा परेका थिए । डीआईजीमा बढुवा भएपछि विमानस्थलमा खटिएका उनी सुरुदेखि नै कमजोर देखिएका थिए । विमानस्थलमा अन्य निकायसँग समन्वय कमजोर देखिएको थियो । भिजिट भिसामा अध्यागमनका कर्मचारीसँग भाग खोजेपछि द्वन्द्व बढेर कुटपिटसम्म हुन पुगेको थियो । उक्त कुटपिट प्रकरणमा प्रहरीलाई दोषी देखाएर असई प्रकाश चौधरी निलम्बनमा परे । घटनाको दिन डिआइजी चन्द विदामा भए पनि छानबिन समितिले डिआइजीको समेत कमजोरी औंल्याएको थियो । विमानस्थलमा हुँदा उनी एयरलाइन्स कम्पनीसँग निःशुल्क टिकट मागेको घटनामा पनि विवादमा आए ।


सम्बन्धित समाचार

इलामको पराजयले काठमाडौंमा पहिरो

२०८१ बैशाख २५

ताजा नेपाल

श्री समाजमा प्याकुरेलको टिम

२०८१ बैशाख २५

ताजा नेपाल

गठवन्धन फुटाउन अनेक तानाबाना

२०८१ बैशाख २५

ताजा नेपाल