Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसद्‍मा हाम्रो उपस्थिति नुन खाएको कुखुराजस्तो : ओली

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम समर्थनयोग्य नभएको टिप्पणी गरेका छन् । शनिबार संघीय संसद् भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकारको नीति तथा कार्यक्रम समर्थनयोग्य नरहेको भन्दै पार्टीका सांसदहरुलाई विरोध गर्न भनेका छन् । यसले कुनै मार्गदर्शन गर्दैन । यो स्विकारयुक्त छैन । समर्थन योग्य छैन । विरोध योग्य छ । यस्ता फाल्तु कार्यक्रम नीतिका नाममा दस्तावेज पेश हुनु दुःखद् कुरा हो । यसर्थ, यसलाई पास गर्न हुँदैन । यसको विरोध गर्नुपर्छ । हाम्रो मुख्य पोजिसन त्यही हो, उनले भने । साथै, उनले आफ्ना सांसदहरु संसदमा नुन खाएको कुखुराझैं भएको टिप्पणी गरे । उनले संसद्मा जोस र जाँगरका साथ उपस्थित हुनसमेत सांसदहरुलाई आग्रह गरे । संसद्‍मा हाम्रो उपस्थिति लुलो– लुलो भयो, नुन खाएको कुखुराजस्तो भयो। एमाले किन ओइलाए ओइलाए जस्तो, नुन खाएको कुखुरा जस्तो, अलि तेजतर्रार नभएको जस्तो,– उनले भने ।

ओलीले सरकारको नीति तथा कार्यक्रमले पञ्च वर्षीय योजनालाई सम्बोधन गर्न नसकेकोसमेत बताए । उनले सरकारको नीति तथा कार्यक्रम केवल नजान्ने विद्यार्थीले चिट चोरेजस्तो भएको टिप्पणी गरे । ‘दीगो विकासका लक्ष्य भन्छौं हामी, त्यो गन्तव्य हो । गन्तव्यहरुमध्ये कुन–कुन गन्तव्य पूरा गर्ने सन्दर्भमा यस वर्षमा के–के काम गर्ने रु यस नीति कार्यक्रममा आउनुपर्छ । संविधान कार्यान्वयनको सन्दर्भमा के गर्ने रु अर्को पञ्च वर्षीय योजनाको अन्तिम वर्ष छ, यस वर्ष कहाँ हामीले तार्गेट मिट गर्नेवाला छौं रु पञ्च वर्षीय योजनाको कि कुनै पनि मिट हुँदैन ? प्रश्न गर्दै उनले भने, त्यतातिर ध्यानै गएको छैन । हामी अर्को पञ्च वर्षीय योजनामा कसरी प्रवेश गर्छौं रु त्यसका निम्ति हाम्रो तयारी के हो रु ती कुराहरु आउनुपर्ने हो । यस कोणबाट हेर्दाखेरि यो नजान्ने विद्यार्थीले चिट चोरेजस्तो छ ।


सम्बन्धित समाचार

बजारको महंगी भान्सेलाई सोध

२०८० चैत्र २९

ताजा नेपाल

माधव बन्दैछन् काँग्रेसको हतियार

२०८० चैत्र २८

ताजा नेपाल