Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसद विघटनविरुद्धका १९ वटै रिट संवैधानिक इजलासले फैसला गर्ने

काठमाडौँ । छँदाखाँदाको दुई तिहाई भत्काएर निर्वाचनको रटाना दिएको सरकारले गरेको कदम फेरि अदालतको शरणमा पुगेको छ । संसद विघटनविरुद्ध परेका १९ वटा रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल ईजलासले रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो। बिहीबार सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले यस्तो आदेश दिएका हुन्। संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता भइसकेका छन्। अब ती सबै ३० वटा मुद्दाको सुनुवाइ भोलि शुक्रबार संवैधानिक इजलासमा हुने सर्वोच्च अदालतले जनाएको छ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल