Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सार्वजनिक सवारी अझै नचल्ने, निजीमा जोर बिजोर

काठमाडौं । कोरोना संक्रमणको चेन ब्रेक गर्न लगाइएके निषेधाज्ञा केही खुकुलो बनाइएको छ । सरकारले काठमाडौं उपत्यकाभित्र निजी सवारी चल्न दिने निर्णय गरेको छ । ८ असारबाट लागू हुने गरी निजी सवारी साधन चल्न दिने निर्णय गरेको हो । तर, निजी सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइने छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी निषेधाज्ञा खुकुलो पार्ने निर्णयसँगै जोर बिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले मङ्गलबारबाट निजी सवारी साधान जोर बिजोर सञ्चालन दिने निर्णय भएको जानकारी दिए । सार्वजनिक सवारी साधन भने अझै सञ्चालनमा आउने छैनन् । एक हप्ताको अवस्था हेरेर कोरोना भाइरसको संक्रमणलाई दृष्टिगत गरी सार्वजनिक सवारी साधन आधा सिटमा चलाउन दिने तयारी समेत भएको बुझिएको छ । १६ वैशाखबाट जारी निषेधाज्ञा दुई महिना हुन लागेको छ । असारबाट भने केही खुकुलो पारिएको छ । असारभित्र निषेधाज्ञा हटाउने तयारी समेत भएको बुझिएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल