Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
शुक्लाफाँटा नगरपालिका–१ तारापुरकी ६० वर्षीया लक्ष्मी डगौराको हात्तीको आक्रमणबाट ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनी आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा गएराति जंगली हात्तीले आक्रमण गरेको थियो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार गएराति निकुञ्जभित्र पर्ने तारापुर शिविरमा जंगली हात्तीको बथान पसेको थियो। हात्तीको बथानले लक्ष्मीको घरसमेत भत्काइदिएको छ।
घटनाका बेला उनका श्रीमान् मोहन डगौराले भने भागेर ज्यान जोगाउन सफल भएका छन्।
घटनाबारे जानकारी पाएपछि नेपाली सेना, नेपाल प्रहरी र निकुञ्ज प्रशासनको टोली घटनास्थलमा पुगेको छ।
२०८३ कार्तिक २६
ताजा नेपाल
२०८३ कार्तिक २६
ताजा नेपाल
२०८३ कार्तिक २५
ताजा नेपाल