Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारको बदनामीका लागि यी भोका पेट लाइन लागेका होइनन् प्रधानमन्त्रीज्यू

काठमाडौँ । कम्युनिस्ट पार्टीले भाषण होइन, काम गरेर देखाउने हो । भाषण गरेर देश विकास हुन्थ्यो भने जनयुद्धकालमा माओवादीले, संसदीय निर्वाचनका बेला काँग्रेस–एमालेले आमूल परिवर्तनका आश्वासन बाँडेकै हुन् । देशलाई सिङ्गापुर बनाउने घोषणा पनि भएकै हो । तर अहिले कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र उनकै नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममा कोही पनि नेपाली भोकै मर्नुपर्दैन भन्ने नीति तथा कार्यक्रम लागू भएको तीन महिना पनि टिकेन । जबकि प्रमले बोलिरहँदा देश कोरोना सङ्क्रमणको भुमरीमा थियो । त्यो बेला पनि टुँडिखेलमा लकडाउनले रोजगारी गुमेकाहरू भातको आशामा घन्टौ कुरिरहेका थिए । प्रधानमन्त्रीका विश्वासी अर्थमन्त्री, तिनका स्थानीय तहका जनप्रतिनिधिले टुँडिखेलको त्यो जमघट देखेका छैनन् । कि ती आफ्ना मतदाता नभएकाले कोरोना सङ्क्रमित महानगरपिता विद्यासुन्दर शाक्यले महत्व दिएनन् । सिंहदरबारले टुँडिखेलको त्यो लस्कर देखेर बुझ पचाएको हो कि चर्को भाषण र नीगिगत लुटले मातेको हो ? असारमा ¥याडिसन होटलबाट प्रधानमन्त्रीले कोही भौकै मर्दैन भनेको कुरा तालुकदारहरूले पनि सुन्नुपर्ने हो । एक छाक खाना खान टुँडिखेलको लाइन नदेखेको अन्धो सरकारका मन्त्री झण्डा हल्लाउँदै कति कुदेका छन् ? भोकमरी र गरिबीको अन्त्य कसको भयो ? प्रम ओलीलाई देवत्वकरण गर्ने को ? झूटो कुरा गर्ने सरकारको प्रमुखले आफ्नै गुटकी ती राष्ट्रपतिलाई पनि नीति तथा कार्यक्रममा बोल्न त लगाए, काम गुमेको ठूलो जनसङ्ख्याको हितमा के ग¥यो ? देशमा २० लाखले रोजगारी गुमाए । सरकार पाँच लाखलाई रोजगारी दिने भन्छ, कार्यक्रम ल्याउँदैन ।
तस्कर, माफिया र उद्योगपतिको सेवक बैङ्करहरूका रक्षक एडीबी र विश्व बैङ्कका दलाल अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्री पदबाट विजय प्राप्त गरे पनि निमुखा जनताको निम्ति शत्रुता पैदा गराउन प्रधानमन्त्री ओलीद्वारा नेकपाको आगामी दिन ध्वस्त बनाउने योजना त छैन ? कम्युनिस्टविरोधीले भोकभरीमा देखिएको टुँडिखेलको भीड चुनावी पोष्टर बनाउँछ । त्यो बखत नेकपाका उम्मेदवालाई उत्तर दिन कठिन हुन्छ । कि ओली प्रम भएपछि आगामी दिनमा नेकपा नेतृत्वलाई सरकारमा पुग्ने बाटोलाई छेक्न सिंहदरबारकै डिजाइनमा टुँडिखेलमा जमघट गराइएको त होइन ? प्रचण्डको गृहजिल्ला चितवनमा त्यस्तै देखिन्छ, झापा र रौतहटमा त्यस्तै अत्याचार छ ।
कम्युनिस्ट पार्टी गरीब, सुकुमबासीहरूको हो भन्ने ठाउँ त रहेन तर जनता र सरकारको दृष्टिमा सबै एकै हुनुपर्ने हो । मजदुर नेताका रूपमा प्रमका प्रमुख सल्लाहकार पनि त्यही बाटो हिँड्छन् । तर टुँडिखेलको त्यो भीडको सम्बोधन सरकारले किन गरेन ? पेट पाल्न टुँडिखेल पुगेका गरीबको कोठा भाडाकै समस्या छ । स्थानीय सरकार तैँ चुप, मै चुप छ । त्यस्तो जमातको वास्तविकता बुझ्न सरकारले ध्यानै दिएन । नेताहरू पदको लडाइँमा छन् । अर्थतन्त्र ध्वस्त बनाउँदै तस्कर र माफियाको सेवक बनेर डा. युवराज खतिवडाको आसन अर्थबाट प्रधानमन्त्री कार्यालयमा स¥यो । गुटको खेती गर्दा देशको राष्ट्रिय ढुकुटी खरानी बनाउने ठूला खरिद काण्ड, ठेक्कापट्टा गरिँदैछ । जग्गाको मुआब्जाको ठेगान छैन । रेल विभागबाट ३३ अर्बको ठेक्का लगाइएको छ । प्रधानमन्त्रीसँग जोडिएको यो ठेक्का उनकै जिल्लामा झन् विवादमा छ ।
सबै गलत हुँदैनन् । जो गलत छ, उसलाई गुटको आधारमा सत्तामा राख्ने हो भने ओली सरकार इतिहासकै नालायक नहोला भन्न सकिँदैन । नीतिगत लुट किन चम्काएको ? वाइडबडी काण्ड, आईटी ल्याब, सेक्युरिटी प्रेस, थामसेर्कुलाई राष्ट्रिय निकुञ्जको जमिन, नेपाल ट्रष्टको जमिन सुम्पिएको कथा मात्र होइन, वायु सेवा निगम डुबाउने डिजाइनमा भएका निर्णयहरू बोर्ड सदस्य कोरोनाकै बेला ओम्नी समूह र सेनाबाट भित्र्याएइएका किटजन्य खरिदको घोटालाको प्रतिकार पार्टीले नगर्नुको कारण नै सत्तामा ओलीवादी तानाशाहहरू मनपरी बढ्नाले हो ? त्यो सत्यतालाई प्रतिकार गर्ने आँट ओली गुटमा छैन ।